Logo

माछापुच्छ्रे बैंकको विशेष साधारणसभा, केन्द्रीय कार्यालय पोखराबाट काठमाडौंमा स्थानान्तरण

माछापुच्छ्रे बैंकको विशेष साधारणसभा, केन्द्रीय कार्यालय पोखराबाट काठमाडौंमा स्थानान्तरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । माच्छापुच्छ्रे बैंकले आफ्नो केन्द्रीय कार्यालय काठमाडौंमा स्थानान्तरण गर्ने भएको छ । बैंकको आज भएको विशेष साभारणसभाले हाल पोखरामा अवस्थित केन्द्रीय कार्यालयलाई काठमाडौंमा स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

यस अघि बैंकले पोखरामा केन्द्रीय कार्यालय र काठमाडौंमा कर्पोरेट कार्यालय राखेर काम गर्दै आएको थियो । यसैगरी साधारणसभाले नियामक निकायहरुले गरेका परिवर्तित व्यवस्थाहरुलाई समेट्ने गरी प्रबन्धपत्र तथा नियमावली समेत परिवर्तन गर्ने निर्णय गरेको छ । जसले गर्दा बैंकको संचालकहरुको संख्या समेत घट्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL