Logo

माछापुच्छ्रेको आम्दानी ४६ प्रतिशतले बढ्यो, १ बर्षमा कमायो १ अर्ब ३० करोड

माछापुच्छ्रेको आम्दानी ४६ प्रतिशतले बढ्यो, १ बर्षमा कमायो १ अर्ब ३० करोड


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो नाफामा ४६ प्रतिशतले बृद्धि गरेको छ । बैंकले नाफामा उच्च बृद्धि गर्दै आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ३० करोड नाफा कमाएको छ ।

बैंकले आफ्नो ब्याज आम्दानीमा उच्च बृद्धि गरेसँगै समग्र नाफा बढेको वित्तीय विवरणले देखाएको छ । सो अवधिमा बैंकले २ अर्ब ३२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

बैंकले असार मसान्तसम्म आइपुग्दा ५८ अर्ब ६२ करोड निक्षेप संकलन गरी ५१ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । बैंकले सो अबधिमा निक्षेप संकलनको तुलनामा कर्जा प्रबाह बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL