Logo

प्राइम बैंकले डेढ अर्ब कमाउँदा प्रभुले कमायो पौने २ अर्ब, खराब कर्जा उठौतीमा सुधार

प्राइम बैंकले डेढ अर्ब कमाउँदा प्रभुले कमायो पौने २ अर्ब, खराब कर्जा उठौतीमा सुधार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक बर्ष २०७३/७४ मा १ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले यो नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ३७ करोड रुपैयाँले बढी हो ।

बैंकले ब्याज आम्दानीमा बृद्धि गरेसँगै नाफामा पनि उच्च बृद्धि भएको हो । सो अबधिमा बैंकले १ अर्ब ९० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो अबधिसम्म आइपुग्दा निक्षेप संकलन र कर्जा प्रबाहमा पनि उच्च बृद्धि गरेको छ । असार मसान्तसम्मा बैंकले ६५ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रबाह गरेको रिपोर्टले देखाएको छ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा उच्च बृद्धि भएको छ । अघिल्लो आबमा ८४ करोड ६२ लाख रुपैयाँ रहेकोमा गत आबमा आइपुग्दा बृद्धि गर्दै ३ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ । यसैगरी बैंकको खराबकर्जा अनुपात पनि १ दशमलव २३ प्रतिशतबाट घटेर शुन्य दशमलव ७८ प्रतिशतमा झरेको छ ।

यसैगरी प्रभु बैंकले पनि आफ्नो नाफामा उल्लेख्य सुधार गरेको छ । आर्थिक बर्ष २०७३÷७४ मा १ अर्ब ७५ करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा अघिल्लो आबको तुलनामा ६६ करोड रुपैयााँले बढी हो ।

प्रभुले पनि ब्याज आम्दानीमा सुधार गरेको छ । बैंकले आफ्नो ब्याज आम्दानी ५६ करोड रुपैयाँले बृद्धि गर्दै २ अर्ब ५२ करोड रुपैयाँ पुयाएको छ । बैंकले सो अवधिमा १ अर्ब ७२ करोड रुपैयाँ राइट ब्याक गरेको छ ।

सो अवधिसम्म आइपुग्दा बैंकले ८१ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब २१ लाख रुपैयाँ कर्जा प्रबाह गरेको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ५ करोड रुपैयाँ जम्मा भएको छ ।

बैंकले आफ्नो खराब कर्जाा उठौतीमा पनि उल्लेख्य सुधार ल्याएको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको ८ दशमलव ३८ प्रतिशत रहेकोमा गत आर्थिक बर्षमा आइपुग्दा ४ दशमलव २९ प्रतिशतमा झारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL