Logo

माच्छापुच्छेले ल्यायो रियल टाइम खाता, खाता खोल्दा नै चिपमा आधारित एटीएम कार्ड

माच्छापुच्छेले ल्यायो रियल टाइम खाता, खाता खोल्दा नै चिपमा आधारित एटीएम कार्ड


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । माछापुच्छे बैंकले रियल टाईम खाता खोल्ने व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक रियल टाइम खाता खोल्ने व्यवस्था संचालनमा ल्याएको जानकारी दिएको छ ।

सेवाग्राहीलाई खाता खोलेकै स्थानमा चिपमा आधारित डेविट कार्ड उपलब्ध गराइनेछ । बैंकले विभिन्न ४ स्थानमा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याउदै रियल टाइम खाता खोल्ने व्यवस्था संचालनमा ल्याएको हो ।

जस अनुसार बैंकले रुपन्देही जिल्लाको स्थित गैंडहवा, रोहिणी तथा सम्मरीमाई गाउँपालिकामा ४ वटा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले यूकेएड सक्षम सँगको सहकार्यमा उतm स्थानहरुमा ४ शाखा रहित बैकिङ्ग सेवा सुचारु गरेको हो ।

सो शाखाबाट ग्राहकले खाताखाल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानीका साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL