Logo

विदेश जाने नेपालीलाई एनआइसी एसियाको डलर सटही सुविधा, सबै शाखाबाट पाईने

विदेश जाने नेपालीलाई एनआइसी एसियाको डलर सटही सुविधा, सबै शाखाबाट पाईने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनआईसी एसिया बैंक आफैले डलर आयात गरी विदेश जाने नेपालीलाई सटही सुविधा प्रदान गरेको छ । दैनिक सयौंको संख्यामा विदेशिने नेपालीहरुको अमेरिकी डलरको उच्च मागका भएको र बजारमा एकदमै न्युन आपूर्ति भएका कारण बैंक आफैले आयाग गरी सटही सुविधा प्रदान गरेको हो ।

बाणिज्य बैंकहरुमा एनआईसीले नेपालमै पहिलो पटक डलर आयात गरी सटही सुविधा प्रदान गरेको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । बैंकल डलर आयात गरेसँगै ग्राहकहरुलाई सहज रुपमा सटही सुविधा प्रदान गर्ने जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैकको नेपाली नागरिकले विदेश जाँदा आफ्नो राहदानी देखाएर २ हजार ५ सय अमेरिकी डलरसम्म सटही सुविधा प्राप्त गर्न सक्ने छन् । जसका लागि बैंकले आफ्नो काठमाडौं भित्रका सम्पूर्ण शाखाबाट डलर सटही सुविधा प्रदान गर्ने जानकारी दिएको छ । यसैगरी उपत्यका बाहिरका शाखा कार्यालयहरु (विराटनगर, वीरगंज, धरान, पोखरा, नेपालगंज, नारायणगढ, बुटवल आदि) शाखाबाट पनि सहज रुपमा डलर सटही गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्