Logo

सेञ्चुरीको ४० प्रतिशत हकप्रद विक्री खुला, कहाँबाट भर्ने ?

सेञ्चुरीको ४० प्रतिशत हकप्रद विक्री खुला, कहाँबाट भर्ने ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले आफ्ना सेयर धनीलाई ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले १ सय रुपैयाँ अंकित दरको १ करोड ८८ लाख ५४ हजार २ सय ५७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

उक्त हकप्रदमा गत असार २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् । सेञ्चुरीमा गाभिएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीले पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको विक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । साथै सेञ्चुरी बैंकका सबै शाखा कार्यालयबाट भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

हाल सेञ्चुरीको चुक्ता पूँजी ४ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ रहेको छ । ४० हकप्रद बिक्रीपश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ६० करोड ३० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL