Logo

२०औं बर्षमा एनआईसी एशिया, २०२०सम्म ३सय शाखा र १ हजार एटिएम पुर्याउने घोषणा

२०औं बर्षमा एनआईसी एशिया, २०२०सम्म ३सय शाखा र १ हजार एटिएम पुर्याउने घोषणा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बंैक लिमिटेडले आफ्नो सेवाको २० आंै वर्षमा प्रवेश गरेको छ । कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष जगदिशप्रसाद अग्रवालले कुल १९ कर्मचारी, १ शाखा र करिब रु. ८ करोड चुक्तापुँजी सहित एक क्षेत्रीय वाणिज्य बैंकको रुपमा नेपालको बैकिङ क्षेत्रमा प्रवेश गरेको बताए । साथै बैंकले गरेको प्राथमिक शेयर निष्काशनमा ८ गुणा वढि सेयरको लागी आवेदन प्राप्त गरेको छ ।
बैंकले १२५ भन्दा बढि शाखा तथा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको छ । बैंकका निक्षेप ग्राहक संख्या ५ लाख ५० हजार भन्दा वढि रहेको, बैंकका कर्जा ग्राहक संख्या २५ हजार भन्दा वढि रहेको र बैंकका डिजिटल बैंकिङ सेवा लिने सेवाग्राही संख्या २ लाख ५० हजार नाघेको समेत जानकारी दिए ।
साथै, बैंक स्थापना कालमा रु. १ सयको १ साधारण शेयरमा लगानीगर्ने शेयर धनी महानुभावहरुको लगानीबाट हालको बजार मुल्य अनुसार रु.३ हजार ४ सय ९० को मुनाफा हुने अवस्था रहेको अग्रवालले बताए । बैंकले डिजिटल बैंकिङ अन्तर्गत क्यासलेस बैंकिङतिर योजना बनाएको छ ।  कार्यक्रममा बैंकका अध्यक्षले बैंक २०औं बर्ष प्रबेशकोे उपलक्ष्यमा टेलिभिजन कर्मसियल (टिभीसी) तथा भिडियो बिमोचन गरेका थिए ।
सो अबसरमा बैंकको व्राण्ड एम्बेस्डर मनिषा कोइरालाले बैंकको ग्राहकमैत्री सेवा, रणनीतिजस्ता राष्ट्रिय प्राथमिकताका बिषयमा यस बैंकले ठूलो भुमिका निर्बाह गरेको बताइन् । ‘बैंक पनि साथी पनि’ को भावनाका साथ बैंक आगामी दिनमा सम्पुर्ण नेपालीहरुको पहिलो रोजाइको बैंक हुने कुरामा विश्वास व्यक्त गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बैंकले ३ बर्ष अगाडि नै आफ्ना दिर्घकालीन रणनिती तर्जुमा गरेको जानकारी दिए । २०२० सम्ममा बैंकका शाखा सञ्जाल ३०० र एटिएम संख्या १ हजार  पु¥याई बैंकलाई राष्ट्रकै उत्कृष्ट मध्येको एक बैंक बन्ने लक्ष्य रहेको छ । सोही अनुसार योजना तथा रणनीति तय गरि बैंक अगाडि बढि रहेको समेत जानकारी दिए ।
कार्यक्रममा नियामक निकायका पदाधिकारीहरु, बैंकका संचालकहरु, बैकका संस्थापक तथा सर्वसाधारण शेयरधनीहरु, बैंकका ग्राहकवर्ग, सरकारी तथा गैर सरकारी संघ संस्थाका पदाधिकारीहरु, कर्मचारीहरुको  उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL