काठमाडौं । एनएमबी बैंकले आर्थिक बर्ष २०७३/७४ मा १ अर्ब ५१ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा आब २०७२/७३ को तुलनामा ३५ प्रतिशत अर्थात ३९ करोड ६३ लाख रुपैयाँले बढी हो ।
असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ भने संचित कोषमा ४ अर्ब २६ करोड रुपैयाँ जम्मा गरेको छ ।
बैंकले असार मसान्तसम्ममा ७३ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकको खराब कर्जा अनुपात कुल कर्जा प्रबाहको १ दशमलव ६६ प्रतिशत रहेको छ ।
बैकको प्रति सेयर आम्दानी २७ रुपैयाँ ६९ पैसा रहेको छ । यो बैंकको सीसीडी रेसियो ७४ दशमवल ९० प्रतिशतमा सिमित रहेको छ ।