Logo

एनएमबि बैंकले शुरु गर्यो आफ्नै एकेडेमी, ‘रिक्स म्याजेमेन्ट’ मा सहयोग

एनएमबि बैंकले शुरु गर्यो आफ्नै एकेडेमी, ‘रिक्स म्याजेमेन्ट’ मा सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनएमबि बैंकले आफ्नै आन्तरिक प्रशिक्षण केन्द्र ‘एनएमबि एकेडेमी’ को शुरुवात गरेको छ । बैंकको कर्मचारीहरुलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी उनीहरुलाई भविष्यमा आइपर्ने सबै प्रकार चुनौतीहरुको सामना गर्न सक्षम बनाउने उद्देश्य अनरुप बैंकले एकेडेमी संचालनमा ल्याएको जानकारी दिएको छ ।

एनएमबि एकेडेमीको स्थापनाबाट बैंकको जनशक्ति अझै सक्षम भई उनीहरुलाई उत्कृष्ट प्रशिक्षणको अवसर एवं शीप प्रदान गरेर कार्य दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने बैंकको दाबी छ । ‘यो आफ्नै प्रकारको पहिलो प्रयास हो । बैंकिङ्ग क्षेत्रमा आफ्नै आन्तरिक प्रशिक्षण केन्द्रको सुविधा संचालन गर्ने संम्भवत् एनएमबि पहिलो बैंक हो,’ बैंकका कार्यकारी अधिकृत सुनील केसीले भने, ‘ एनएमबि एकेडेमी संचालन हाम्रो सफलताको एक अर्को कोसेढुँगा साबित भएको छ ।’

प्रतिक्रिया दिनुहोस्