काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो ब्राण्ड एम्बेस्डरमा अभिनेत्री मनीषा कोइरालालाई नियुक्त गरेको छ । बैंकले आफ्नो सेवाको २०औं वर्ष प्रवेश गर्न लागेको अवसरमा नायिका तथा समाजसेवी मनीषा कोईरालालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।
कोइरालाको अनुबन्धनले नेपालका दुर्गम तथा ग्रामिण क्षेत्रहरुमा समेत अफ्नो सशक्त पहुँचलाई थप मजबुत बनाउन सहयोग पुग्ने बैंकको विश्वास रहेको छ ।
साथै आफ्ना सम्पूर्ण ग्राहकमा सर्वोत्कृष्ट सेवा तथा प्रतिफल प्रदान गरी बैंकिङ्ग क्षेत्रको इतिहासमा पृथक पहिचान स्थापित गर्न सफल बैंकलाई कोइरालाको अनुबन्धनले बैंकको व्यवसाय प्रबद्र्धनमा सहयोग हुनुका साथै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत राष्ट्रसेवामा सर्मपित हुन थप उर्जा मिल्ने उल्लेख गरेको छ ।