Logo

भूकम्प पिडीतलाई सिटिजन्सको सहयोग, ७३० परिवारलाई रकम प्रदान

भूकम्प पिडीतलाई सिटिजन्सको सहयोग, ७३० परिवारलाई रकम प्रदान


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्पबाट अति प्रभावित धादिङ जिल्लाको सेमजोङमा नगद वितरण कार्यक्रम आयोजना गरेको छ । बैंकले  विश्व खाद्य कार्यक्रमद्वारा संचालित वेल्ट हंगर हाइलायफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम असार २० देखि २२ गतेसम्म चलेको थियो । विशेष गरि भूकम्प प्रभावित परिवारलाई लक्षित उक्त नगत वितरण गरिएको बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा सिटिजन्स बैंकले ७३० परिवारलाई आर्थिक सहयोग स्वरुप नगद वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL