काठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पादन मुलक क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत रकम अनिवार्य गरेको छ ।
हाल उत्पादनमुलक क्षेत्रमा २० प्रतिशत कर्जा रकम अनिवार्य रहेकोमा बढाएर २५ पुर्याएको हो ।
राष्ट्र बैंकका अनुसार कुल कर्जाको कृषि क्षेत्रमा १० प्रतिशत,ऊर्जामा ५ प्रतिशत,पर्यटनमा ५ प्रतिशत र अन्य क्षेत्रमा ५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने छ ।