Logo

सिद्धार्थ प्राप्ती गर्न जनतालाई राष्ट्र बैंकको अन्तिम स्वीकृति, असार ३० बाट एकिकृत कारोबार

सिद्धार्थ प्राप्ती गर्न जनतालाई राष्ट्र बैंकको अन्तिम स्वीकृति, असार ३० बाट एकिकृत कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले जनता बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकलाई एक आपसमा गाभ्न/गाभिन अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकको आज बसेको बैंठकले जनता बैंकलाई सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्तीका लागि अन्तिम स्वीकृति दिएको हो ।

राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेसँगै जनता बैंकले यही असार भित्रै एकिकृत कारोबार गर्ने भएको छ । असार ३० गते एकिकृत कारोबार गर्ने लक्ष्य लिइएको जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले बताए

सिद्धार्थ डेभलपमेन्ट प्राप्तीसँगै बैंकको चुक्ता पूँजी ७ अर्ब रुपैयाँभन्दा बढी पुग्ने छ । साथै चालू आर्थिक बर्षको नाफाबाट बोनस सेयर दिएर ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याइने सिईओ कुँबरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL