काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सारदा नगरपालिका माल्नेटा, सल्यानमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
स्वास्थ्य शिविरमा ५३० भन्दा बढी बिरामीले स्वास्थ्य परिक्षण गराएका थिए । साथै करीव ५ लाख बराबरको निःशुल्क औषधी समेत वितरण गरिएको कम्पनीले जानकारी दिएको छ । कार्यक्रम कान्तिपुर सामुदायिक अस्पताल प्रा.लि. को सहकार्यमा भएको थियो ।
यस बैकले नेपालभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ ।
पोखराबाट २०५७ सालमा बैंकिङ कारोवार शुरु गरेको बैकको कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर १ का साथै आफ्नै एटिएमको संख्या ७३ रहेको छ ।
रु. ६ अर्ब ५९ करोड ८७ लाख चुक्ता पुंजी रहेको यस बैकले २०७३ साल चैत्र मसान्त सम्ममा रु ५८ अर्ब ४८लाख निक्षेप परिचालन गरी रु. ५३ अर्ब ५८लाख कर्जा प्रवाह गरेको छ । सो अवधिमा १ अर्व ५१ लाख खुद मुनाफा आर्जन गरेको छ ।