Logo

सल्यानको सल्लीबजारमा लक्ष्मी बैंक, शाखा संख्या ६९ पुग्यो

सल्यानको सल्लीबजारमा लक्ष्मी बैंक, शाखा संख्या ६९ पुग्यो


बिजखबर संवाददाता
270
Shares

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममासल्यानको, सल्लीबजारमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । बैंकको यस क्षेत्रमा, श्रीनगर पश्चात्, यो दोस्रो शाखा हुनेछ ।

यससँगै लक्ष्मी बैंकको शाखा संजाल ६९ पुगेको छ । ३ हस्पिटल सेवा काउन्टर, ८७ एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स् अनि ४ सय भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ ।

यस शाखाको विस्तारसँगै बैंकले शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाईल फोन मार्फत बैंकिङ सेवा प्रदान गर्ने छ । जसबाट शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरा लई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ ।

विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको जानकारी दिएको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पु¥याएको छ ।

आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देश भरि विस्तार गर्ने लक्ष्य लिएको छ । सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवाप्रदान गर्न सफल भएको छ ।

बैंकले करिब ७०० कर्मचारी मार्फत ३६ जिल्लामा आफ्नो सेवा पु¥याएको छ । यस भौतिक उपस्थितिका अतिरिक्त लक्ष्मी बैंक विद्युतिय बैंकिङ्ग सेवा प्रवाहको प्रवर्तकको रुपमा समेत कार्य गर्न सक्षम भएको छ ।

आव २०७३/७४मा ५७ अर्ब ८० करोड निक्षेप र ५० अर्ब २१ रोड कर्जा पु¥याएको छ। साथै बैंकको वासलातको आकार ६८ अर्ब ५ करोड छ । सोहि आवमा बैंकले १०१ करोडको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्