काठमाडौं । एनआईसी एशिया बैंकले सुनसरीको दुहवीमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले आइतबारदेखि १ सय ८ औं शाखा सञ्चालनमा ल्याएको हो ।
शाखाको दुहबी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रमोद कुमार चौधरी तथा दुहबी उद्योग बाणिज्य संघका अध्यक्ष उमेश गोस्वामीले संयुक्त रुपमा उद्धघाटन गरे ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।