Logo

ग्लोबल आइएमईको फिदिममा नयाँ शाखा, सोमबारदेखि सेवा शुरु

ग्लोबल आइएमईको फिदिममा नयाँ शाखा, सोमबारदेखि सेवा शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले फिदिम एक्सटेन्सन काउण्टरलाई शाखामा परिणत गरेको छ । पाँचथरको आर्थिक गतितिबिधिमा टेवा पुगोस भन्ने उद्धेश्यसहित बैंकले हालसम्म एक्सटेन्सन काउण्टरको रुपमा रहेको काउण्टरलाई सोमबारदेखि शाखामा परिणत गरेको बताएको छ ।

यससंगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ९६ पुगेको छ । उक्त शाखाबाट रकम निकाल्न, राख्न, कर्जा प्रवाह गर्न साथै लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने छ ।

१४ ओटै अञ्चलबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकको ९६ शाखा, ५ वटा एक्सटेन्सन काउण्टर छन् । त्यस्तै १० ओटा राजश्व संकलन काउण्टर, १ सय १० ओटा एटिएम, ४६ वटा शाखारहित बैंकिङ सेवा तथा ६ लाख भन्दा बढि ग्राहक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL