काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले डोटीको दिपायल र अछाममा दुईवटा शाखा कार्यालाय संचालनमा ल्याएको छ । बैंकले बिहीबार नै दैलेखको डाबमा एक्स्टेन्सन काउन्टर समेत संचालनमा ल्याएको छ ।
बैंकले यूके एडद्वारा संचालित सक्षम –एक्सेस टु फाइनान्सको सहयोगमा आफ्नो ४८ र ४९ औं शाखाका साथै डाबस्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालय रहेको स्थानमा एक्स्टेन्सन काउन्टर खोलेको हो ।
दिपायल शाखाको उद्घाटन गर्दै सुदूर पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शिशिर ढुंगानाले स्थानीय जनतालाई वित्तीय पहुँचका लागि नेपाल इन्भेष्टमेन्ट बैंक र सक्षम–एक्सेस टु फाइनान्सले गरेको सहकार्यको प्रशंसा योग्य भएको बताए । शाखा विस्तारपछि स्थानीय जनताले साना उद्योग, कृषि व्यवसाय संचालन तथा साना साना आर्थिक कारोवारका लागि लामोसमय खर्चिनुपर्ने अवस्था नरहने उनको भनाई थियो ।