काठमाडौं । एभरेष्ट बैंकले आफ्ना सेयर धनीलाई ३३ प्रतिशत हकप्रद सेयर दिने भएको छ । सेयर धनीलाई हकप्रद जारी गर्ने सम्बन्धमा बैंकले आजै मात्र नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ ।
बैंकले ३ः१ को अनुपातमा हकप्रदा जारी गर्नका लागि असार ७ गते बुक क्लोज गर्ने भएको छ । बैंकको हकप्रद सेयर बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केटले गर्ने भएको छ ।
राष्ट्र बैंकको निर्देशन अनुसार असार मसान्तसम्ममा ८ अर्ब चुक्ता पूँजी पुर्याउन बैंकले हकप्रद जारी गर्न लागेको हो । हाले बैंकका चुक्ता पूँजी ४ अर्ब ६० करोड ६४ लाख २७ हजार रुपैयाँ रहेको छ ।
उक्त हकप्रद पश्चात पनि राष्ट्र बैंकको निर्देशन अनुरुप एभरेष्ट बैंकको चुक्ता पूँजी पुग्ने छैन । थप चुक्ता पूँजीको लागि भने बैंकले अन्य कुनै संस्था खरिद गर्ने योजना बनाएको छ ।