Logo

गभर्नरको गुनासो, ‘नीति नियम बनाँउदा प्रभावशाली ब्यक्तिको हाबी भयो’, ‘ल्याप्चे’को भरमा बैंक चल्यो

गभर्नरको गुनासो, ‘नीति नियम बनाँउदा प्रभावशाली ब्यक्तिको हाबी भयो’, ‘ल्याप्चे’को भरमा बैंक चल्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नीति निर्माणको क्रममा प्रभावशाली ब्यक्तिको हाबी हुँदा समस्या उत्पन्न भएको बताएका छन् । विशेष गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ल्याउने क्रममा प्रभावशाली ब्यक्तिहरु हाबी भएको संकेत गर्दै सोचे अनुरुपको ल्याउन नसकिएको उनको गुनासो थियो । ‘नीति नियम बनाउने क्रममा धेरै ठूला प्रभावशाली ब्यक्तिहरुको प्रभाव हुने गरेको छ,’ सेञ्चुरी कमर्सियल बैंकको एकिकृत कारोबार कार्यक्रममा बोल्दै उनले भने, ‘जसको असर नयाँ नीति निर्माणमा पर्ने गरेको छ ।’

यसैगरी बैंक तथा वित्तीय संस्था लेखपढ गर्न नजान्ने ल्याप्चेले चलाउँदा विगतका दिनमा धेरै वटा संस्था समस्यामा परेको उनको गुनासो थियो । ‘पैसाको महत्व बुझ्दैमा बैंकको अध्यक्ष तथा संचालक हुन पाईंदैन,’ उनले भने, ‘यसका लागि जनताबाट संकलन गरेको पैसालाई कसरी सदुपयोग गर्ने भन्ने विषयको ज्ञान हुनु आवश्यक छ ।’ विगतका दिनमा पैसा मात्र भएका ल्याप्चे संचालकले बैंक चलाउँदा समस्या उत्पन्न भएकाले राष्ट्र बैंकले ऐनमार्फत योग्यता तोक्नुपरेको उनको भनाइ थियो ।

हाल बैंक संचालकलाई अभिमुखीकरण तालिम दिनका लागि राष्ट्र बैंकले पाठ्यक्रम तयार पारेकोर र केही समयभित्रै कार्यान्वयनमा आउने उनको तर्क यियो । ‘बैंक संचालक भएपछि कसरी जनताको पैसा सहि रुपमा ब्यवस्थापन गर्ने भन्ने विषयमा बुझ्नुपर्छ,’ उनले भने, ‘त्यसैको लागि राष्ट्र बैंकले संचालक र अध्यक्षलाई तालिम दिन लागेको हो ।’

अहिले पनि बैंक तथा वित्तीय संस्था सुगम क्षेत्रमा मात्र पुगेको भन्दै दुर्गममा पनि जान आग्रह गरेका छन् । अझै पनि ६० प्रतिशत जनता बैंकिङ पहुँचभन्दा बाहिर रहेको भन्दै उनीहरुको पैसालाई पनि बैंकिङ च्यानलमा ल्याउन आग्रह गरेका छन् । साथै संघीय संरचना अनुसार ७ सय ४४ स्थानीय तहमध्ये २ सय ३९ वटमा मात्र बाणिज्य बैंक पुगेको भन्दै अन्य स्थानमा पनि सकभर चाडो शाखा विस्तार गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL