Logo

ग्लोबल आईएमई र युएई एक्सचेन्जबीच सहकार्य, खाडी मुलुकबाट पैसा पठाउन सहज

ग्लोबल आईएमई र युएई एक्सचेन्जबीच सहकार्य, खाडी मुलुकबाट पैसा पठाउन सहज


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले युएई एक्सचेन्जसंगको सहकार्यमा युएई एक्सचेन्जबाट नेपालमा पैसा पठाउन सहज व्यवस्था मिलाएको छ । युएई एक्सचेन्ज खाडी (गल्फ) मुलुकको सबैभन्दा ठुलो एक्सचेन्ज कम्पनी हो ।

खाडी मुलुकमा कार्यरत नेपालीहरुले उक्त एक्सचेन्ज कम्पनी मार्फत नेपालमा पठाउने छन् । साथै सो रकम ग्लोबल रेमिटका ७ हजार भन्दा बढी एजेन्ट मार्फत निकाल्न सकिने छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै युएई, कतार, बहराईन, इण्डिया, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीया लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरु संगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्