Logo

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको पार्वतीपुरमा

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको पार्वतीपुरमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले भरतपुर महानगरपालिका वडा नं. २१, पार्वतीपुर, चितवन शाखाको समुद्घाटन सम्पन्न गरेको छ । उक्त शाखाको चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले उद्दघाटन गरे।

सो अबसरमा उनले स्थानीय उत्पादनलाई प्राथमिकता दिई आयातलाई प्रतिस्थापन गरि निर्यात प्रवद्र्धन गर्नुुपर्ने, रेमिट्यान्सलाई पू“जी निर्माणमा रुपान्तरण गरि उत्पादन मुलक क्षेत्रमा लगानी गनुपर्ने बताए ।
साथै सो कार्यको लागि मुक्तिनाथ विकास बैंकको भुमिका महत्वपूर्ण रहने जानकारी दिए । संचालक चुडामणि कडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको विगत, वर्तमान अवस्था र बैंकको भावी रणनीतिका बारेमा चर्चा गरेका थिए ।

उनले मुक्तिनाथ विकास बैंकले नेपाली समाजको आवश्यकता अनुसारका सेवाहरु जस्तै कृषि क्षेत्रको विकास र विस्तार, उद्योग व्यवसाय प्रबद्र्धनको लागि उपयुक्त वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको बताए ।

बैंकले कुल ५९ वटा शाखा कार्यालयहरुबाट १ लाख भन्दा बढी लघुवित्त सदस्यहरु सहित कुल ३ लाख भन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरी रहेको छ । यस विकास बैँकले हालसम्म कुल रु. १५ अर्ब ३० करोड निक्षेप संकलन गरी रु. १४ अर्ब २६ करोड कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्