Logo

निक्षेपको तुलनामा कर्जा प्रबाह बृद्धिदर झण्डै दोब्बर, यातायात र संचार कर्जा उच्च बृद्धि

निक्षेपको तुलनामा कर्जा प्रबाह बृद्धिदर झण्डै दोब्बर, यातायात र संचार कर्जा उच्च बृद्धि


बिजखबर संवाददाता
0
Shares

 

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालनको तुलनामा कर्जा प्रबाह उच्च रुपमा बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार अघिल्लो बर्षको तुलनामा निक्षेप संकलन र कर्जा प्रबाहबीचको अन्तर अझै बढेको छ । बैंक वित्तीय संस्थाले चालू आर्थिक बर्षको पहिलो १० महिनामा ९ दशमलब ३५ प्रतिशतले निक्षेप संकलन गर्दा कर्जा प्रबाह १६ दशमलव ६५ प्रतिशतले बढ्न पुगेको छ । तर गत बर्षको सोही अबधिमा निक्षेप संकलन १६ दशमलव ६५ प्रतिशतले बढ्दा कर्जा प्रबाह १६ दशमलब २५ प्रतिशतले मात्र बढेको थियो ।

पछिल्लो १० महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतिको अंश क्रमशः ७ दशमलव ८५, ३६ दशमलव २५ र ४२ दशमलव ६५ रहेको छ ।

यसैगरी कर्जा प्रबाहमा भने निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको १९ दशमलव ७५ र विकास बैंकहरुको २ दशमलव ५५ ले बढेको छ भने वित्त कम्पनीहरुको १ दशमलव ७५ ले घटेको छ ।

बार्षिक आधारमा २०७४ बैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्पmको कर्जा लगानी २४ दशमलब १५ ले बढेको राष्ट्र बैंकको तथ्याङ्कमा छ । यसैगरी, कृषि कर्जा १० दशमलव ८५ प्रतिशतले बढ्दा औद्योगिक क्षेत्रतर्फ १२ दशमलव ४५ र निर्माण कर्जा १८ दशमलव ४५ प्रतिशत बृद्धि हुन पुगेको छ ।

सो अबधिमा थोक तथा खुद्रा ब्यापारतर्फको १३ दशमलब ८५, सेवा क्षेत्रका उद्योगको कर्जा १६ दशमलव ८५ ले बृद्धि हुन पुगेको छ । यसैगरी यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा पनि २६ शदमलव १५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL