Logo

बिहीबारबाट सिद्धार्थ बैंकको हकप्रद बिक्री खुला, यी हुन आवेदन दिने स्थान

बिहीबारबाट सिद्धार्थ बैंकको हकप्रद बिक्री खुला, यी हुन आवेदन दिने स्थान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना सेयर धनीका लागि जारी गर्न लागेको हकप्रद सेयर बिहीबारबाट बिक्री खुला हुने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार असार मसान्तसम्ममा ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

बिहीबारदेखि खुल्ने उक्त हकप्रदको लागि असार २८ गतेसम्म आवेदन दिन सकिने छ । बैंकले १०ः३ को अनुपातमा १ करोड ५७ लाख ५२ हजार अर्थात १ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । उक्त हकप्रदमा यही जेठ १४ गतेसम्म कायम भएका सेयर धनीले आवेदन दिन सक्नेछन् ।

हाल सिद्धार्थको चुक्ता पूँजी ५ अर्ब २५ करोड ८ लाख ५९ हजार रुपैयाँ छ । हकप्रदपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार रुपैयाँ पुग्नेछ ।

बैंकको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । लक्ष्मी क्यापिटलका साथै सिद्धार्थ बैंक केन्द्रिय कार्यालय सहित अधिकांश शाखाबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL