काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बदिर्याको बासगढी नगरपालिका ८ मा नयाँ शाखा स्थापना गरेको छ । देशको पश्चिमी भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य सहित ३२ औं शाखा कार्यालय स्थापना गरेको हो ।
साथै काठमाडौंको मुलपानीमा रहेको ग्रिनहल सिटी हाउजिङमा शनिबारदेखि एटिएम सेवा सुरु गरेको छ ।
सेञ्चुरी बैंकले २०७४ जेष्ठ २८ गतेबाट भैरहवामा केन्द्रीय कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंक र बनेपामा केन्द्रीय century कार्यालय रहेको अरनिको डेभलपमेन्टबैंकलाई प्राप्ती (एक्विजिसन) गरी एकीकृत कारोबार गर्दैछ । जसबाट बैंकको शाखाहरु देशभरमै ५३ वटा हुनेछन् ।