काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले ६० दिने मुद्दतीमा आकर्षक ब्याज योजना ल्याएको छ । बैंकले ६० दिने मुद्दतीमा रकम जम्मा गर्ने बचतकर्ताका लागि १३ प्रतिशत ब्याज दिने भएको छ ।
बैंकले ६० दिन पुरा भएसँगै साँवा र ब्याज सहित एकमुष्ठ रकम बचतकर्ताको खातामा जम्मा गरिदिने छ । साथै सो बचत खातामा पनि ६ प्रतिशत ब्याज दिइने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
त्यसरी बचत खातामा आएको रकम देशभरका एससीटि नेटवर्क अन्तरगतमा १ हजार १ सयभन्दा बढी एटीएमबाट पैसा निकाल्न मिल्नेछ । हाल बैंकले १७ शाखाबाट ग्राहकलाई सेवा दिँदै अँएको छ ।