Logo

नौ महिनामा सेञ्चुरीको कमाइ ३१ करोड, यस्तो छ प्रतिसेयर आम्दानी र नेटओर्थ

नौ महिनामा सेञ्चुरीको कमाइ ३१ करोड, यस्तो छ प्रतिसेयर आम्दानी र नेटओर्थ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ३१ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा बैंकले गत आवको सोही अवधीको तुलनामा ७ करोड ८५ लाख रुपैयाँले बढि हो । बैंकले गत आवको सोही अवधिमा २३ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

सो अवधिसम्म आइपुग्दा बैंकले ३३ अर्ब निक्षेप संकलन गरी ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पूँजी ३ अर्ब ६८ करोड रुपैयाँ रहेको सेञ्चुरीको जगेडा कोषमा ९३ करोड रुपैंयाँ रहेको छ । बैंकको ब्याज आम्दानी २ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा कुल कर्जा प्रवाहको शुन्य दशमलब ५३ प्रतिशत रहेको छ । सो अवधिमा बैंकले ३ करोड रुपैयाँ राइटब्याक गरेको छ । बैंकको प्रति सेयर आम्दानी ११ रुपैंयाँ २४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १ सय २५ रुपैंयाँ २९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL