Logo

ग्लोबल आईएमईको शाखारहित सेवा डडेलधुरामा, अधिकारी व्यवसायीक प्रतिनिधि नियुक्त

ग्लोबल आईएमईको शाखारहित सेवा डडेलधुरामा, अधिकारी व्यवसायीक प्रतिनिधि नियुक्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले सोमबार देखि डडेलधुरा जिल्लाको गन्यापधुरा गाउपालिका वडा नं. २ मा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा सो सेवा शुरु गरेको हो । गन्यापधुरामा सुरु गरेको सेवाको लागि बैंकले स्थानिय भवानाकुमारी अधिकारीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरेर ग्लोबल आइएमई बैंकका प्रमुख सञ्चालन अधिकृत दिपेश प्रधान तथा बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले संयुक्त रुपमा सेवा सुचारु गरे ।

सबै क्षेत्र र बर्गका जनता माझ सेवा पुर्याउने उद्धेश्यले बैंकले शाखा सञ्चालन गर्न सम्भव भएका स्थानमा शाखा स्थापना गरेर तथा शाखा स्थापना गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ सेवा मार्फत सेवा पुर्याउदै आइरहेको छ ।

बैंकले ९४ वटा शाखा, १०७ वटा एटिएम, ४५ शाखारहित बैंकिङ सेवा, १० राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको छ । साथै ६ वटा एक्सटेन्सन काउण्टर मार्˚त ६ लाख भन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL