Logo

कृषि विकास बैंक नाफा २३ प्रतिशतले बढ्यो, राइट ब्याकमा सफलता

कृषि विकास बैंक नाफा २३ प्रतिशतले बढ्यो, राइट ब्याकमा सफलता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कृषि विकास बैंकले चालू आर्थिक वर्षको पहिलो ९ महिनमा २३ प्रतिशतले नाफा बृद्धि गरेको छ । बैंकले सो अबधिमा १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा बृद्धि गरेको हो । बैंकले गत आवको सोही १ अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकले ब्याज आम्दानीमा बृद्धि र खराब कर्जा उठौतीमा सफता हातपारेसँगै नाफामा बृद्धि भएको हो । बैंकले सो अवधिमा ५ अर्ब ९३ करोड ब्याज आम्दानी गरेर छ । यसैगरी बैंकले ३९ करोड रुपैयाँ राइटब्याक गर्न सफल भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी २४ रुपैंयाँ ७४ पैसा छ भने प्रति सेयर नेटवर्थ २ सय १९ रुपैंयाँ ९२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL