Logo

इन्भेष्टमेन्टलेले २ अर्ब ३७ करोड कमाउदा नबिलले कमायो २ अर्ब ६८ करोड

इन्भेष्टमेन्टलेले २ अर्ब ३७ करोड कमाउदा नबिलले कमायो २ अर्ब ६८ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल इन्भेष्ट बैंक र नबिल बैंकले बैंकले चालू आर्थिक वर्षको तेस्रो मैमासिकको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यी दुबै बैंकले आफ्नो नाफामा उल्लेख्य बृद्धि गरेका छन् ।

आफ्नो चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैयाँ रहेको इन्भेष्टमेन्ट बैंकले नाफमा २९ दशमलव ५० प्रतिशतले बृद्धि गर्दै २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिमा कुल १ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

सो अवधिसम्म आइपुग्दा बैंकले १ खर्ब १९ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकको निक्षेप संकलन ६ प्रतिशतले बढ्दा कर्जा प्रवाह झण्डै ८१ प्रतिशतले बृद्धि भएको छ । बैंकले सो अबधिमा ब्याज आम्दानी र विदेशी मुद्राको कारोवारबाट आम्दानीमा बृद्धि गरेको छ । सो अबधिसम्म आईपुग्दा बैंकले आफ्नो खराब कर्जालाई घटाएर कुल कर्जा प्रवाहको शुन्य दशमलव ६४ प्रतिशतमा झारेको छ ।

यसैगरी चुक्ता पूँजी ६ अर्ब १८ करोड रुपैयाँ रहेको नबिल बैंकले पनि आफ्नो नाफामा झण्डै ३१ प्रतिशतले बृद्धि गरेको छ । बैंकले चालू आवको ९ महिनामा २ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

सो अबधिसम्म आईपुग्दा बैंकले १ खर्ब १७ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैकले निक्षेप संकलन ३ प्रतिशतले बृद्धि गर्दा कर्जा प्रवाह २८ प्रतिशतले बृद्धि भएको छ ।

सो अबधिमा बैंकले ब्याज आम्दानी, अन्य आम्दानी र विदेशी मुद्रा कारोवारबाट हुने आम्दानीमा बृद्धि भएको छ । बैंकले आफ्नो खराब कर्जालाई पनि घटाएर कुल कर्जा प्रवाहको शुन्य दशमलव ९५ प्रतिशतमा झारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL