Logo

बैंक अफ काठमाण्डु लुम्बिनीको ६२ लाख ८ हजार कित्ता शेयर निष्काशन,बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

बैंक अफ काठमाण्डु लुम्बिनीको ६२ लाख ८ हजार कित्ता शेयर निष्काशन,बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेड ले ६२ लाख ८ हजार कित्ता सम्म संस्थापक शेयरको थप सार्वजनीक निष्काशन गर्न लागेको छ । सो थप शेयर निष्काशन गर्ने सम्बन्धमा सो बैंक र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ ।

सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरे ।

बैंकको संस्थापक तथा सर्वसाधारण शेयरधनीको पुँजी संरचना ५१ः४९ प्रतिशत कायम गर्नको लागि संस्थापक तर्फ थप सार्वजनीक निष्काशन गर्न लागेको हो ।

आव.२०७२/७३ मा बैंक अफ काठमाण्डू लिमिटेड र लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिए पश्चात २०७३ चैत्रमा सम्पन्न यस बैंकको साधारण सभाले संस्थापक शेयरधनीको शेयर स्वमित्व कम्तीमा ५१ प्रतिशत पुयाउन थप संस्थापक शेयरको थप सार्वजनीक निष्काशन गर्ने निणर्य गरेको थियो । हाल बैंकको संस्थापक शेयरधनीको शेयर स्वमित्व ४५.६४ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्