Logo

माछापुच्छे बैंकको नाफा ६१ प्रतिशतले बढ्यो, खराबकर्जा अझै घट्यो

माछापुच्छे बैंकको नाफा ६१ प्रतिशतले बढ्यो, खराबकर्जा अझै घट्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । माछापुच्छे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको त्रैमासको भन्दा ६१ प्रतिशतले बढी हो ।

बैकले गत वर्षको सोही अवधिमा ६२ करोड ४२ लाख खुद नाफा कमाएको थियो । सो अवधिमा बैंकको चुक्ता पूँजी पनि ३ अर्ब ३३ करोड १५ लाख रुपैयाँबाट बढेरे ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको रिजर्भ कोषमा १ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ जम्मा भएको छ ।

सो अवधिमा बैंकले खुद ब्याज आम्दानी पनि ३३ प्रतिशतले बृद्धि गरेको छ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ३१ करोड रुपैयाँ ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । सा अवधिमा बैंकले खराब कर्जा पनि घटाएर कुल कर्जा प्रवाहका शुन्य दशमलव ३६ प्रतिशतमा झारेको छ ।

माछाले राष्ट्र बैंकले तोके अनुरुप २०७४ असार मसान्तसम्म ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन थप १२ प्रतिशत हकप्रद सेयर जारीको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले यस अधि मंसिरमा पूँजी बृद्धिका लागि ५० प्रतिशत हकप्रद सेयर विक्री गरिसकेको छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय २६ रुपैयाँ ६० पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL