Logo

स्टान्डर्ड चाटर्डको एफपीओ बैशाख २१ मा बाँडफाँड, बजारमा ३४ अर्ब आउने

स्टान्डर्ड चाटर्डको एफपीओ बैशाख २१ मा बाँडफाँड, बजारमा ३४ अर्ब आउने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओ २१ गते बाँडफाँट हुने भएको छ । नेपाल धितोपत्र बोर्डले ५० दिन भित्र बाँडफाँट गर्न निर्देशन दिएसँगै बैंशाख २१ गते बाडफाँड गर्न लागिएको हो ।

बोर्डको निर्देशन अनुसार बैंशाख २१ गते बाँडफाँड गर्ने गरी तयारी गरिएको बैंकको बिक्री एनएमबी क्यापिटलले जानकारी दिएको छ । बैंकको एफपीओमा पैसा होल्ड हुँदा बजारमा तरलता समस्या देखिएको भन्दै बोर्डले ५० दिनभित्र बाँडफाँड गरिसक्न निर्देशन दिएको थियो ।

स्टाण्डर्ड चार्टर्ड कुल २५ लाख ५८ हजार कित्ता सेयरको लागि ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार रुपैया बरावरको आवेदन परेको थियो । जसमा २ लाख २५ हजारभन्दा बढी आवेदन परेको थियो । बैंकले १ सय रुपैयाँको सेयरमा प्रतिकित्ता १ हजार १ सय ९० रुपैयाँ प्रिमियम जोडेर हकप्रद निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL