Logo

सिभिल बैंकको सिइओमा गुरुङ, तामाङले छाडेपछि बोगटी बने अध्यक्ष

सिभिल बैंकको सिइओमा गुरुङ, तामाङले छाडेपछि बोगटी बने अध्यक्ष


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बैंक वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) पारित भएसँगै सिभिल बैंकको नेतृत्व पनि परिवर्तन भएको छ । वाफियाका कारण सिभिल बैंकको संचालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत दुवै जना परिवर्तन भएका छन् ।

वाफियाका कारण बैंकका सीईओ किशोर महर्जनले छाड्ने भएपछि नयाँ सीईओमा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले किशोर महर्जनलाई अर्को कार्यकालको लागि निरन्तरता नदिने भएपछि उनको ठाउँमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गुरुङलाई सीईओमा नियुक्त गरिएको हो ।

संचालक समितिले उनकालाई आगामी जुलाइ २८ देखि ४ बर्षका नियुक्त गरेको छ । गुरुङले सन् १९९६ मे १९ बाट हिमालयन बैकबाट सिनियर अफिसरका रुपमा जागिर सुरु गरेका थिए । सन् २०१२ देखि सिभिलमा आवद्ध भएका गुरुङ २१ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत छन् ।

यसैगरी सभासद भएकै कारण बैंक संचाल समितिका अध्यक्ष इच्छाराज तामाङले पनि सो पद छाडेका छन् । उनले राजीनामा दिएपनि सो पदमा संचालक अम्बिर बोगटी नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्