Logo

सानिमा बैंकको ३०% हकप्रद सेयर विक्री खुला,चुक्ता पुँजी ६ अर्ब ८६ करोड पुग्दै

सानिमा बैंकको ३०% हकप्रद सेयर विक्री खुला,चुक्ता पुँजी ६ अर्ब ८६ करोड पुग्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सानिमा बैंकको हकप्रद सेयर बिक्री खुला भएको छ। बैंकले १० बराबर ३ को अनुपात अर्थात ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीको बिक्री प्रवन्धक सिबिआइएल क्यापिटल रहेको छ।

चैत १७ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले आफूसँग भएको सेयर संख्याको ३० प्रतिशतका लागि प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँका दरले आवेदन दिन पाउने बैंकले जानकारी दिएको छ । सानिमा बैंकका विभिन्न कार्यालय तथा बिक्री प्रवन्धकको कार्यालयबाट पनि आवेदन दिन सकिनेछ।

१ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद सेयर बिक्री खुलेको हो। हकप्रद बिक्रीपछि चुक्ता पुँजी ६ अर्ब ८६ करोड रुपैयाँ पुग्ने बैंकले जानकारी दिएको छ । ८ अर्बका लागि अपुग रक चालु आवको नाफाबाट बोनस बाँडेर पुर्याउने कम्पनीको योजना छ।

प्रतिक्रिया दिनुहोस्
MBL