Logo

सिटिजन्स बैंकमा आस्बाको शुल्क २५ रुपैयाँ, ५८ वटै शाखाहरुबाट दरखास्त लिने व्यवस्था

सिटिजन्स बैंकमा आस्बाको शुल्क २५ रुपैयाँ, ५८ वटै शाखाहरुबाट दरखास्त लिने व्यवस्था


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आस्वाको शुल्क २५ रुपैयाँ तोकेको छ । नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवा संचालन गर्ने इजाजत प्राप्त गरी गत माघदेखि आफ्ना सम्पूर्ण शाखाहरुबाट सो सेवा संचालन गर्दै आएको थियो । साथै आइपीओ र एफपिओको दरखास्त लिने व्यवस्था गरेको छ ।

यस प्रणाली मार्पmत कुनैपनि कम्पनीको धितोपत्रको सार्वजनिक निष्कासन आइपीओ र एफपिओ का समयमा लगानीकर्ताहरुबाट दरखास्त संकलन गरिने छ ।सो सुविधा अन्तर्गत लगानीकर्ताले धितोपत्र खरिद गर्न चाहेको रकम निजहरुको यस बैंकमा भएको चल्ती, बचत वा कल खाता मा रोक्का राखि सोको निस्सा सम्बन्धित लगानीकर्तालाई उपलव्ध गराइने छ ।

साथै धितोपत्रको बाँडफाँड पश्चात लगानीकर्ताको भागमा परेको रकम बराबर मात्र उक्त खातामा खर्च गरिने छ । जसले गर्दा दरखास्त फारम बुझाउन र आफ्नो रकम फिर्ता पाउन लाइन बस्ने समय समेत अन्य कार्यमा सदुपयोग गर्न सकिने र व्याज निरन्तर रुपमा पाइनेछ ।

सो सेवा उपलव्ध गराए वापतप्रति दरखास्त शुल्क रु। २५ मात्र लाग्ने बताएको छ । आस्बा सेवा अन्तर्गत यस बैंकका ५८ वटै शाखाहरुबाट दरखास्त लिने व्यवस्थासहित खाता नभएका लगानीकर्ताहरुलाई पनि सरलतापूर्वक खाता खोल्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्