Logo

सिटिजन्स बैंकको नाफा ८८ करोड २८ लाख, सीएसआरमा ४७ लाख

सिटिजन्स बैंकको नाफा ८८ करोड २८ लाख, सीएसआरमा ४७ लाख


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिटिजन्स बैंकल इण्टरनेशनलले चालू आर्थिक वर्षको पहिलो ९ महिनामा ८८ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशत अर्थात १६ करोड रुपैयाँले बढी हो ।

बैंकले सो अवधिमा आइपुग्दा ५५ अर्ब ५६ करोड रुपैयाँ निक्षेप परिचालन गरी ४७ करोड ८० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ५३ करोड रुपैयाँ रहेको र २५ प्रतिशत हकप्रद सेयर जारी गरेसँगै ६ अर्ब ९२ करोड रुपैयाँ पुग्ने बैंकले जानकारी दिएको छ ।

बैंकले आफ्नो दशौं वाषिकोत्सवको अवसरमा ९ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै विभिन्न छुटको घोषणा समेत गरेको छ । दैनिक ५ हजार मौज्दातमा ५ प्रतिशत व्याज, निशुल्क डिम्याट सेवा र लकर सुविधामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संघसंस्थालाई ४७ लाख रुपैयाँ सहयोग गरेको छ । आफ्नो वाषिकोत्सवको अवसरमा मानव आश्रम, संगीतकार संघ, बालविकास समाज, अभय उपचार केन्द्र लगायतका संस्थालाइ आर्थिक सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL