Logo

बंगलादेश र नेपाल बैंकको हकप्रद खुल्यो, यी हुन् आवेदन दिने स्थान

बंगलादेश र नेपाल बैंकको हकप्रद खुल्यो, यी हुन् आवेदन दिने स्थान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल बंगलादेश बैंक र नेपाल बैंकले आजबाट हकप्रद सेयर विक्री खुला गरेका छन् । यी दुबै बैंकले पहिला घोषणा गरे अनुरुप हकप्रद विक्री खुला गरेका छन् ।
जस अनुसार बंगलादेश बैंकले ८० प्रतिशत र नेपाल बैंकले २३ दशमलव ७४ प्रतिशत हकप्रद सेयर विक्री खुला गरेका हुन् । आजबाट विक्री खुला गरेको बंगलादेशको हकप्रद सेयर जेठ १० गतेसम्म भर्न सकिनेछ । बंगलादेशको १० कित्ता सेयर हुनेले ८ कित्ताको लागि आवेदन दिन पाउनेछन् ।

राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार मसान्तसम्म ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन बैंकले हकप्रद जारी गरेको हो । बैंकले कुल ३ अर्ब २० करोड ९४ लाख रुपैयाँ बरावरको हकप्रद जारी गरेको छ । हकप्रद जारीसँगै बैंकका चुक्ता पूँजी ७ अर्ब २२ करोड ११ लाख ६५ हजार रुपैयाँ पुग्नेछ । सो हकप्रदमा चैत १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

बैंकको हकप्रद विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने बंगलादेश बैंकको केन्द्रीय कार्यालय लगायत अन्य शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

nepal-bank-building

 

यसैगरी नेपाल बैंकले पनि आजैबाट हकप्रद सेयर विक्री खुला गरेको छ । एक अर्ब ५४ करोड ३१ लाख रुपैयाँ बरावरको हकप्रद जारी गरेको नेपाल बैंकको पनि आवेदन दिने मिति जेठ १० सम्म रहेको छ ।

नेपाल बैंकको हकप्रद निष्काशन तथा विक्री प्रवन्धकमा सभिल क्यापिटल मार्केट रहेको छ भने नेपाल बैंकका अधिकांश शाखाबाट आवेदन निद सकिनेछ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४९ करोड ९४ लाख ७८ हजार रुपैयाँ रहेको छ । हकप्रद विक्रीसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड २६ लाख ६२ हजार रुपैयाँ पुग्नेछ । यो हकप्रदमा चैत २८ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्