Logo

५% व्याजदरमा लक्ष्मीको अरेन्ज बचत, ५ लाखको न्युनतम मौज्दातमा १० लाखको बिमा

५% व्याजदरमा लक्ष्मीको अरेन्ज बचत, ५ लाखको न्युनतम मौज्दातमा १० लाखको बिमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लक्ष्मी बैंकले अरेन्ज बचत खातालाई नयाँ सेवा सुविधासहित वार्षिक ७ प्रतिशत व्याजदरमा ग्राहक समक्ष प्रस्तुत गरेको छ । यो बजारमा कायम व्याजदरहरुमा अधिकतम मध्ये एक भएको बैंकले जानकारी दिएको छ ।

यस वचतका खाताका ग्राहकहरुले रु ५ लाख को न्युनतम मौज्दात कायम राखी थप सेवा शुल्क बिना नै रु १० लाख बराबरको बिमा सुविधा र अन्य बैंकिङ सुविधामा छुट पाउने व्यवस्था छ ।

साथै न्युनतम मौज्दात भन्दा माथी भएको मौज्दात रकमलाई ग्राहकले बैंकको उच्चतम व्याजदरमा अन पिmक्सड डिपोजीट खोल्न मिल्ने व्यवस्था समेत गरेको कम्पनीले जानकारी दिएको छ ।

यसका अतिरिक्त लक्ष्मी बैंकले आफ्नो अन्य वचत खाताहरुमा पनि ब्याज पुनरावलोकन गरि व्याजदर बृद्वि गरी साधारण वचत खातामा ५ प्रतिशत र बिशेष वचत खाताहरुमा ६ प्रतिशतसम्म व्याज दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL