Logo

एनआईसी एसियाको नाफा ५० प्रतिशतले बढ्यो, ९ महिनामा कमायो १ अर्ब १४ करोड

एनआईसी एसियाको नाफा ५० प्रतिशतले बढ्यो, ९ महिनामा कमायो १ अर्ब १४ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको ९ महिनामा आफ्नो नाफामा झण्डै ५० प्रतिशतले बृद्धि गरेको हो । बैंकले आज चालू आवको चेस्रो त्रैमासिकको प्रगतिवितरण सार्वजनिक गर्दै सो अवधिमा १ अर्ब १३ करोड ८७ लाख रुपैयाँ कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ७५ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सो अवधिमा सम्ममा ७८ अर्ब ९९ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब २५ करोड ४५ लाख रुपैयाँ कर्जा प्रवह गरेको छ । सो अवधिमा निक्षेप संकलन २३ दशमलव १४ प्रतिशतले बढ्दा कर्जा प्रवाह भने २८ दशमलव १० प्रतिशतले बढ्न पुगेको छ । बैंकको चुक्ता पूँजी ६ अर्ब ३५ करोड ७९ लाख रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब ६ करोड ५२ लाख रुपैयाँ रहेको छ । सो अवधिमा बैंकले खुद ब्याज आम्दानी ३४ प्रतिशतले बढाउँदै १ अर्ब ८४ करोड ७८ लाख रुपैयाँ कमाएको छ ।

बैंकको खराब कर्जा घट्दै कुल कर्जा प्रवाहका शुन्य दशमलव ४६ प्रतिशतमा सिमिति भएको छ । यसैगरी बैंकको प्रति सेयर आम्दानी २६ दशमलव ०६ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १ सय ४५ दशमलव ५० रुपैयाँ र तरलता अनुपात २३ दशमलव ६६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL