Logo

सेञ्चुरीको सेयरधनीलाई १० %बोनस र ४०% हकप्रद, इन्नोभेटिभ र अरनिको किन्न सहमती

सेञ्चुरीको सेयरधनीलाई १० %बोनस र ४०% हकप्रद, इन्नोभेटिभ र अरनिको किन्न सहमती


बिजखबर संवाददाता
0
Shares

काठमाडौं , सेञ्चुरी कमर्सियल बैंककोे छैठौ वार्षिक साधारण सभाले आफ्ना सेयर धनीलाई १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंक संचालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठको सभापतित्मा सम्पन्न साधारणसभाले उक्त निणर्य गरेको हो ।

बैंकले दुई संस्था प्राप्ती पश्चातको चुक्ता पूँजीलाई आधार मानेर ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको हो । साधारणसभाले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्नलाई स्वीकृति प्रदान गरेको छ ।

यसैगरी सेञ्चुरी बैंकले आफ्नो ४ अर्ब ७ करोड पूँजी र चार संस्था प्राप्तीबाट करिब २ अर्ब रुपैयाँ पूँजी थप हुनेछ । राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार मसान्तसम्म ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

हकप्रद जारीसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैैयाँ पुग्न जानकारी दिएको छ । बैंकले चारवटै संस्था प्राप्ति गरसँगै कुल शाखा संख्या ९० पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्