Logo

बैंशाख ७ वाट बंगलादेश बैंकको हकप्रद, यी हुन आवेदन दिने स्थान

बैंशाख ७ वाट बंगलादेश बैंकको हकप्रद, यी हुन आवेदन दिने स्थान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल बंगलादेश बैंकले बैशाख ७ गतेदेखि हकप्रद सेयर विक्री गर्ने भएको छ । बैंकले यस अघि निर्णय गरे अनुसार ८० प्रतिशत हकप्रद सेयर विक्री गर्न लागेको हो । उक्त हकप्रद जेठ १० गतेसम्म खरिद गर्न सकिनेछ ।

जस अनुसार बैंकले एक रुपैयाँ अंकित मूल्यको ३ करोड २० लाख ९४ हजार कित्ता हकप्रद सेयर अर्थात ३ अर्ब २० करोड ९४ लाख ६ हजार रुपैयाँको हकप्रद विक्री गर्ने छ । राष्ट्र बैंकले ल्याएको वाध्यकारी नियम अनुसार चुक्ता पूँजी बृद्धिका लागि बैंकले हकप्रद सेयर विक्री गर्न लागेको हो ।

हकप्रद निष्काशन पछि बैंकको चुक्ता पूँजी ७ अर्ब २२ करोड ११ लाख ६५ हजार रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब १ करोड १७ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

चैत १६ गते सम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन सक्नेछन् । सो हकप्रदको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । ग्लोवल आईएर्मइ क्यापिटलका साथै नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय र बैंकका देशैभरका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्