Logo

माछापुच्छे र सक्षमबीच साझेदारी, २० शाखा रहित बैंकिङ सेवा संचालन

माछापुच्छे र सक्षमबीच साझेदारी, २० शाखा रहित बैंकिङ सेवा संचालन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बैंकिङ सेवाबाट वञ्चित जनतामा बैंकिङ सुविधा पुयाएने उद्देश्य अनुरुप माछापुच्छे बैंक र युकेएढ सक्षम एक्सेस टु फाइनान्सबीच साझेदारी भएको छ । नेपालका विभिन्न सात वटा जिल्लामा बैंकिङ सेवा पुर्याउने उद्देश्य अनुरुप यी दुई संस्थाले आज एक समझदारी पत्रमा हस्ताक्षेत्र गरेका हुन् ।

उक्त कार्यक्रममा माछापुच्छे बैंकका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठ र सक्षमका टोली प्रमुख बलजित बोहराको उपस्थिती रहेको थियो । ‘सरलीकृत लघुवित्त सेवा’ परियोजनाले सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका बाँके, दाङ, कैलाली, कञ्चनपुर, रूपन्देही र सुर्खेत जिल्ला र मध्यमाञ्चल विकास क्षेत्रको धादिङ जिल्ला गरी सात जिल्लामा २० वटा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याउने भएको छ ।

परियोजनाको ३ वर्षे समया वधिमा माछापुछे« बैंकले आफ्ना शाखा रहित बैंकिङ सेवा विन्दुहरू र समर्पित सम्बन्ध प्रबन्ध (रिलेशनशिप म्यानेजर) मार्फतबाट ९ हजार भन्दा बढी हितग्राहीलाई सेवा पुर्याउने लक्ष्य लिएको बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए । त्यसका अतिरिक्त, वित्तीय साक्षरता अभियानको माध्यमबाट १३ हजार हितग्राहीसम्म पुग्ने लक्ष्य लिएको उनले बताए ।

कार्यक्रममा सक्षमका टोली प्रमुखश्री बोहराले दुर्गम ग्रामीण क्षेत्रहरूमा औपचारिक वित्तीय संस्थाहरूको अभावले गर्दा स्थानीय व्यक्तिहरू स्थानीय ऋणदाताहरू अत्यन्त उच्चदरमा ऋण लिन बाध्य भएको बताए । त्यस्ता समस्या समाधान गर्न दुई संस्थाबीतको साझेदारीले सहयोग गर्ने उनको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL