Logo

नेपाल इन्भेष्टमेन्टको एस डेभलपमेन्ट प्राप्तिको प्रस्ताव पारित, चुक्ता पूँजी ९ अर्व पुग्दै

नेपाल इन्भेष्टमेन्टको एस डेभलपमेन्ट प्राप्तिको प्रस्ताव पारित, चुक्ता पूँजी ९ अर्व पुग्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । बैंकको शुक्रवार बसेको विशेष साधारण सभाले एस डेभलपमेन्ट प्राप्तिको प्रस्ताव पारित गरेको हो ।

हाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूंजी रु ८ अर्व ७४ करोड र एस डेभलपमेण्ट बैंकको चुक्ता पूंजी रु १ अर्व २० करोड छ । एस बैंक प्राप्तिपछि एनआईबिएलको चुक्ता पूंर्जी रु ९ अर्व २४ अर्ब पुग्ने छ ।

एस डेभलपमेण्ट बैंकको प्राप्तिपछि बैंकको कुल निक्षेप १ सय ३४ अर्ब रुपैयाँ पुग्ने छ । कूल कर्जा १ सय ५ अर्ब रहने छ । पूजी पर्याप्तता अनुपात १३ दशमलव ९ प्रतिशत पु्ग्ने बताएको छ । एस डेभलपमेण्ट बैंकको प्राप्तिपछि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत रहनेछ ।
एस डेभलपमेण्ट बैंकलाई १ बराबर शुन्य दशमलव ४१ शेयर स्वाप रेसियोमा खरिद गरिने निर्णय भएको हो । एस डेभलपमेण्ट बैंकको १०० कित्ता शेयर बराबर एनआईबिएलको ४१ कित्ता शेयर प्रदान गरिने छ ।

दुबै बैंकका शाखा तथा एटिएम अहिलेलाई जहाँको त्यही यथावत राखिने छ । हाल इन्भेष्टमेण्ट बैंकको ४७ वटा शाखाहरू छन भने एस डेभलपमेण्ट बैंकको १२ वटा शाखा छन । त्यस्तै एनआईबिएलको ८४ वटा एटिएम. छ भने एस डेभलपमेण्ट बैंकको १२ वटा एटिएम छ ।

प्रतिक्रिया दिनुहोस्