Logo

एनआईसी एशिया बैंकले खोल्यो एकैदिन पाँच नयाँ शाखा, शुक्रवारदेखि सेवा शुरु

एनआईसी एशिया बैंकले खोल्यो एकैदिन पाँच नयाँ शाखा, शुक्रवारदेखि सेवा शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले एकै दिन पाँच स्थानमा शाखा स्थापना गरेको छ । जसमध्ये बर्दघाट स्थित ८१ औं तथा तानसेन स्थित ८८ औं शाखाको उद्घाटन एन आई सी एशिया बैंकका संचालकद्वय राजेन्द्रप्रसाद अर्याल एवं बिनोद कुमार प्याकुरेलले संयुक्त रुपमा गरे ।

त्यस्तै लम्की स्थित ८४ औं तथा टिकापुर स्थित ८९ औं शाखाको उद्घाटन हिम रावल तथा उद्योग वणिज्य संघका केन्द्रिय सदस्य गोपाल हमालले गरे ।

त्यस्तै हिले स्थित ८६ औं शाखाको उद्घाटन धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले गरे ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL