Logo

सानिमा बैङ्कले १०:३को अनुपातमा हकप्रद शेयर जारी गर्दै, चुक्ता पूँजी पौने ७ अर्ब पुग्ने

सानिमा बैङ्कले १०:३को अनुपातमा हकप्रद शेयर जारी गर्दै, चुक्ता पूँजी पौने ७ अर्ब पुग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सानिमा बैंक लिमिटेडले १० बराबर ३ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले वैशाख १७ देखि हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

शेयरधनीका लागि प्रति शेयर एक सय अंकित दरको १ करोड ८९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको जानकारी दिएको छ ।

बैंकको चैत १६ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरुले शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् । बैंकले हकप्रद शेयर खरीदका लागि विक्री प्रबन्धकमा सिबिआइएल क्यापिटल लिमिटेड रोजेको छ ।

हकप्रद निष्कासनको लागि सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेड नाराणहिटी पथ, काठमाडौं र सानिमा बैंक नक्साल रहेको छ । बैंकको हालको चुक्ता पूँजी रू. ५ अर्ब ३० करोड ५८ लाख ७२ हजार ३ सय रहेको छ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि बैङ्कको चुक्ता पूँजी रू. ६ अर्ब ८९ करोड ७६ लाख ३४ हजार पुग्नेछ ।

बैङ्कको चालू आवको दोस्रो त्रैमासमा खुद मुनाफा ५२ दशमलव ५४ प्रतिशत बढेर रू. ६२ करोड २४ लाख पुगेको छ । खुद व्याज आम्दानी ४८ प्रतिशत बढेर रू. १ अर्ब ९ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्