Logo

लक्ष्मी बैंक १६ बर्षमा, १:१ को अनुपातमा हकप्रद शेयर दिने

लक्ष्मी बैंक १६ बर्षमा, १:१ को अनुपातमा हकप्रद शेयर दिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लक्ष्मी बैंक आफ्नो स्थापनाको १६ औं बर्षमा प्रवेश गरेको छ । सन् २००२ मा विरगञ्जबाट क्षेत्रिय बैंकको रुपमा स्थापना भएको बैंक आजदेखि १५ बर्ष पुरा गरी १६ बर्षमा प्रवेश गरेको हो ।

बैंकले हाल ३६ जिल्लाका ६८ शाखा तथा ८० भन्दा बढी एटिएम, इन्टरनेट तथा मोबाइल बैंकिङलगायत सुविधा प्रदा गर्दै आएको छ । लक्ष्मी बैंक खुद्रा, मिड मार्केट, कर्पोरेट र ट्रेजरी जस्ता व्यापारहरुमा आफ्नो पहुँच स्थापित गरेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा सबल प्रविधिमार्फत लक्ष्मी बैंकले उत्कृष्ट बैंकको रुपमा नेपालको बैकिंग क्षेत्रमा उच्च स्तर कायम गरेको बैंकले जानकारी दिएको छ ।

बैंक समूहको पौष २०७३ सम्ममा कूल सम्पत्ति रु ६४अर्व ८ करोड तथा खुद मुनाफा रु ४५ करोड रहेको छ । सबै प्रमुख वित्तिय परिसूचकहरु नियामक सीमा भित्रै रहेको छ ।
सो उक्त अवधिमा बैंकको निष्कृय कर्जा १ दशमलव ३१ प्रतिशत तथा कर्जा निक्षेप अनुपात ७७ दशमलव ६९ प्रतिशत रहेको छ ।

बैंकले हाल कायम रु ३ अर्व १५ करोड चुक्ता पूँजीमा १:१ को अनुपातमा हकप्रद शेयर तथा त्यसपछि १८ दशमलव२९ प्रतिशत बोनस शेयर घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्