Logo

स्टान्डर्ड चाटर्डको एफपीओ चैत १ बाट, यी हुन् आवेदन दिने स्थान !

स्टान्डर्ड चाटर्डको एफपीओ चैत १ बाट, यी हुन् आवेदन दिने स्थान !


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले जारी गर्न लागेको फरदर पब्लिक अफरिङ (एफपीओ) मंगलबारदेखि बिक्री खुला हुने भएको छ । बैंकले सुचना प्रकाशित गर्दै एफपीओ निष्कासनका लागि आव्हानपत्र सार्वजनिक गरेको छ

बैंकले प्रतिकित्ता मूल्य एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम जोडेर एफपीओ जारी गर्न लागेको हो । बैंकले कुल २५ लाख ५८ हजार १ सय ४० कित्ता सेयर प्रतिकित्ता १ हजार २ सय ९० रुपैयाँका दरको जारी गर्नेछ ।

एफपीओको विक्री प्रबन्धकमा एनएमवि क्यापिटल रहेको छ । बैंकले चैत १ गतेदेखि ४ सम्म उक्त एफपीओ विक्री खुला गर्ने भएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार ५ सय ८० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकको निर्देशनसँगै चुक्ता पूँजी बृद्धिको लागि बैंकले एफपीओ जारी गर्न लागेको हो । एफपीओ जारीसँगै बैंकको चुक्ता पूँजी ४ अर्ब ५७ लाख १५ हजाररुपैयाँ हुनेछ । त्यसलगत्तै बैंकले १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।

यी हुन सेयर भर्ने स्थान

standard_chaterd

प्रतिक्रिया दिनुहोस्