Logo

सिभिलले हामा मर्चेन्ट र युनिक फाईनान्स खरिद गर्ने , चुक्ता पूँजी ५ अर्व ५ करोड पुग्दै

सिभिलले हामा मर्चेन्ट र युनिक फाईनान्स खरिद गर्ने , चुक्ता पूँजी ५ अर्व ५ करोड पुग्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाईनान्स र युनिक फाईनान्सलाई सिभिल बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । आईतबार बैंक र फाइनान्सवीच अन्तिम सम्झौता भएको हो । सम्झौतामा सिभिलका अध्यक्ष ई. इच्छाराज तामाङ, हामाका अध्यक्ष राजनकृष्ण श्रेष्ठ र युनिकका अध्यक्ष डा. विनोद बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

 

प्राप्तिपछि नाम सिभिल बैंक नै रहने तथा बैंकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत हुनेछ । यी तीन संस्थाहरुले कुल ३३ अर्ब ६३ करोड निक्षेप संकलन र ३१ अर्ब ६८ करोड कर्जा लगानी गरेका छन् ।

प्राप्तिपछि बैंकको चुक्ता पूँजी रु. ५ अर्व ५ करोड पुग्ने छ । त्यस्तै शाखा संख्या ५३ पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्