Logo

एनआईसी एशिया क्यापिटल लिमिटेड सञ्चालनमा, पूँजी बजारसँग सम्बन्धित सेवा प्रदान

एनआईसी एशिया क्यापिटल लिमिटेड सञ्चालनमा, पूँजी बजारसँग सम्बन्धित सेवा प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनीको एनआई सी एशिया क्यापिटल लिमिटेड सञ्चालनमा आएको छ । आइतवार एक कार्यक्रमवीच नेपालधितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की तथा एनआई सी एशिया बैंकका अध्यक्ष जगदीश प्रसाद अग्रवालले संयुक्त रुपमा सो कम्पनीको उद्दघाटन गरे ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा एनआई सी एशिया बैकका पदाधिकारीहरुको उपस्थिति थियो ।
एनआई सी एशिया बैंकको पूर्ण स्वामित्वमा रु. १० करोड चुक्ता पू‘जी रहेको एनआई सी एशिया क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ कार्य गर्न इजाजत प्राप्त संस्था हो ।

क्यापिटलले बबरमहल, काठमाण्डौ स्थित कार्यालयबाट पूँजी बजारसँग सम्बन्धित धितोपत्र निस्कासन तथा विक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रार तथा लगानी ब्यवस्थापनलगायत सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्